वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व पुन्हि - १५
कार्यालयको परिचय
कोशी प्रदेशमा रहेको प्रमुख नदीहरुको जलाधार क्षेत्र भू स्खलनको सम्बेदनशीलताको दृस्टीकोणबाट राष्ट्रिय स्तरमा नै बढी सम्बेदनशील मानिन्छ | यस क्षेत्रमा करिब १० घन मिटर प्रति हे.प्रति वर्ष भूक्षय दर रहेको अनुमान छ जुन अन्य प्रदेशको तुलनामा उच्च हो | यो प्रदेश धरातलीय उचाई र भू बनोटको बिभिदिकरण का हिसाबले हिमाल, पहाड र तराई क्षेत्रमा भू तथा जलाधार ब्यबस्थापन कार्य चुनौतिपूर्ण रहेको र जलवायु परिबर्तनका कारण अति ब्रिस्टी, अना ब्रिस्टी, सुख्खा खडेरी जस्ता प्रकोप देखि भू स्खलन रोकथाम, हिमताल संरक्षण देखि नदीहरुको वहाव परिबर्तन नियन्त्रण, विकाशका पुर्बाधार संरक्षण देखि जलश्रोतको संरक्षण लगायत बहुआयामिक विषय हरु सम्बोधन गर्नु पर्ने भएकोले यस प्रदेशमा भू तथा जलाधार ब्यबस्थापनका कार्यक्रमहरुले अत्यन्त महत्व राख्दछ |