प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

भू तथा जलाधार व्‍यवस्थापन कार्यालय

ओखलढुङा, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

 उद्देश्य

भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापनाका मुख्य उद्देस्यहरु निम्नानुसार छन् 

  • पानीजन्य प्रकोपका जोखिमहरु न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्नुका साथै भूमीको उत्पादकत्वमा बृध्दि  गरी जनताको जिविकोपार्जनमा सुधार ल्याउनु।
  • भूक्षय, बाढी , पहिरो, गेग्रान र पांगो माटो थुप्रिने प्रकृयालार्इ कम गरी सतहमा बग्ने र भुमीगत जल भण्डारमा मात्रात्मक र गुणात्मक सुधार ल्याउनु र विकासका पूर्वाधारहरुको संरक्षण गर्नु । 
  • भू तथा जलाधार व्यवस्थापनको सेवा प्रवाहलाई जनताको सहज पहुंचमा पुर्याउनुका  साथै प्रदेश सरकारको स्विकृत नीति तथा बजेट कार्यक्रम कार्यान्वयनलाइ  सहजिकरण गर्नु ।